हुम्लामा मतपेटिका संकलन गर्न हेलिकप्टर – Nepal Press

हुम्लामा मतपेटिका संकलन गर्न हेलिकप्टर

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो ।

दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका हेलिकप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उनले बताए।

हेलिकप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गरिनेछ । मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर