काठमाडौं ४ मा १० हजार भोट गन्न बाँकी छँदा गगनलाई झण्डै ६ हजारको अग्रता – Nepal Press

काठमाडौं ४ मा १० हजार भोट गन्न बाँकी छँदा गगनलाई झण्डै ६ हजारको अग्रता

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् ।

४८ हजार ८५९ मतगणना सकिँदा उनले पाँच हजार ९ सय ८७ मतको अग्रता लिएका हुन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ४८ हजार ८५९ मतगणना मत गणना हुँदा थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टरार्ईले १३ हजार २७ मत प्राप्त गरेका हो ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले तीन हजार८९ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर