गुल्मी २ मा विष्टले बढाउँदै अग्रता, १ मा आज निर्वाचन हुँदै – Nepal Press

गुल्मी २ मा विष्टले बढाउँदै अग्रता, १ मा आज निर्वाचन हुँदै

रुपन्देही । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार विष्टले ७ हजार ७५६ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत ल्याएकी छन् ।

क्षेत्र नं १ को अर्वेनी माविमा स्थगित भएको मतदान आज हुँदैछ । क्षेत्र नं १ मा अर्वेनीको निर्वाचन सकिएपछि गणना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर