कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता कायमै – Nepal Press

कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलाली । कैलालीमा तीन क्षेत्रमा अहिले नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ । यसरी अग्रता कायम गर्नेमा प्रतिनिधि सभा क्षेत्र नम्बर १,२ र ३ हुन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुरुबाटै अग्रता बनाइरहेकी छन् ।पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्तिका श्रेष्ठको ३ हजार ७७० मत आएको छ । त्यसतै सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका राम जनम चौधरीको २ हजार ५१८ र एमालेका तपेन्द्र रावलको ८२५ मत छ ।अहिले सम्म यहाँ ८ हजार ५१७ मत गणना भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा १ हजार ७६५ को मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले अग्रता कायम गरेका छन् । उनले ९४५मत पाउँदा सत्ता एमाले उम्मेदवार झपट रावल दोस्रोमा छन् । रावलको २९९ मत छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भगत बडूवालले २६२ मत सहित तेस्रो स्थानमा छन् ।

यता कैलाली क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्तिका गङ्गा चौधरीले सुरुबाटै अग्रता कायम गरिरहेका छन् । अहिले सम्म यहाँ २७ हजार ७४४ मत गणना भएको छ । त्यसमा नागरिक उन्मुक्तिका गंगा चौधरीले ८ हजार ६१४ मत प्राप्त गरेका छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दनले पच्छाइ रहेका छन् । कुन्दनको मत अहिले सम्म ७ हजार ८५५ छ । एमालेका गौरिशंकरको ५ हजार २३५ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर