सुनसरीका २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एउटामा कांग्रेस र एउटामा राप्रपा अगाडि – Nepal Press

सुनसरीका २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एउटामा कांग्रेस र एउटामा राप्रपा अगाडि

विराटनगर । सुनसरीका ४ निर्वाचन क्षेत्र मध्ये २ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । एउटा निर्वाचन क्षेत्रमा राप्रपा र एउटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा र ३ मा कमल बाबु मैनालीले अग्रता लिएका छन् । लालविक्रमले ८९४ मत ल्याउँदा कांग्रेसका सिताराम महतोले ७०५ र एमालेका भीम आचार्यले ६२६ मत पाएका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा रास्वापका कमल बाबु मैनालीले ३१७ मत ल्याउँदा एमालेका भगवती चौधरीले २९८ र कांग्रेसका विजय गच्छदारले १९७ मत ल्याएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा भने राप्रपाका अशोक कुमार राईले अग्रता कायमै राखेका छन् । उनले ७१५ मत ल्याउँदा एमालेका बागी मनेज मेन्यांवोले ६९३ मत मत ल्याएका छन् ।

गठबन्धनका मुकेश चौथो र एमाले तालमेलका अशोक राई पाँचौँ स्थानमा छन् । तेस्रो मत भने राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।

सुनसरी ४ मा भने नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन् । उनले ११२३ मत ल्याउँदा एमालेका जगदीश प्रसाद कुसियतले १०१९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर