विश्वकप : सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत – Nepal Press

विश्वकप : सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

काठमाडौं । सेनेगललाई २–० गोलको नतिजामा पराजित गर्दै कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ ।

अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभि क्लासेनलले गोल गरे ।

गोल गर्ने केहि अवसर पाए पनि फिनिसिङमा चुक्दा दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

खेलको ८४औँ मिनेटमा नेदरल्यान्ड्सका मिडफिल्डर गाक्पोले अफ्रिकन च्याम्पियनविरुद्ध उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

फ्रान्क डि योङले दिएको क्रसमा बक्सभित्र अनमार्क रहेका गाक्पोले हेडरमार्फत सुन्दर गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

इन्जुरी समयमा क्लासेनलले गोल गर्दै नेदरल्यान्ड्सको जित २–० ले सुनिश्चित गरे ।

जितसँगै सन् २०१०को उपविजेता नेदरल्यान्ड्स तीन अंक जोडेको छ । शुक्रवार हुने इक्वेडरविरुद्धको खेलमा जित हासिल गरे एक खेल अगावै नेदरल्यान्ड नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित सेनेगलले शुक्रवार आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए अन्तर्गत आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलको नतिजामा पराजित गरेको इक्वेडरको पनि तीन अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर