गुल्मी २ मा गोकर्ण विष्टले अग्रता बढाउँदै – Nepal Press

गुल्मी २ मा गोकर्ण विष्टले अग्रता बढाउँदै

रुपन्देही । गुल्मीको क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता बढाउँदै लगेका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर १ को मतगणना अनुसार बिष्टले १६७७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका सचिव सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् ।

गुल्मी क्षेत्र नम्बर-२ मा १ लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो । ०५६, २०७४ र २०७० यो क्षेत्रमा विष्टले जितेका थिए भने २०६४ मा पराजित भएका थिए ।

एमाले विभाजनपछि झांक्री विष्टको प्रतिस्पर्धी बनेकी हुन् । पूर्वसहकर्मी भएको र अहिले प्रतिस्पर्धामा भएकाले यहाँको चुनावी नतिजा पेचिलो बनेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर