लमजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन – Nepal Press

लमजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

पोखरा । लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट लमजुङमा उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो भरतपुर अस्पतालमा निधन भएको जनाइएको छ ।

उच्च रक्तचापका कारण उनको निधन भएको जसपाका पोलिटब्युरो सदस्य खेमजंग गुरुङले जानकारी दिए । जिल्ला अस्पताल बेसीशहरमा उपचार सम्भव नभएपछि उनलाई शनिबारमात्रै भरतपुर लगिएको र भरतपुर अस्पतालमा पनि उपचार सम्भव नभएपछि निधन भएको जनाइएको छ ।

६४ वर्षीय गुरुङ जसपाका लमजुङका पूर्वउपाध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *