रुपन्देही ४ मा मतगणना रोकियो – Nepal Press

रुपन्देही ४ मा मतगणना रोकियो

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ ।

जस अनुसार साईकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मत प्राप्त गरेका छन् ।

यो बाहेकको तथ्याङ्क आधिकारिक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर