दोलखा, गोरखा र स्याङ्जामा कब्जा भएका बुथमा पुनः मतदान गर्न एमालेको ध्यानाकर्षण – Nepal Press

दोलखा, गोरखा र स्याङ्जामा कब्जा भएका बुथमा पुनः मतदान गर्न एमालेको ध्यानाकर्षण

सत्ताको आडमा धाँधली र आफ्ना कार्यकर्ताको हत्या गर्नेमाथि कारबाहीको माग

काठमाडौं । नेकपा एमालेले निर्वाचनका क्रममा कतिपय ठाउँमा सत्ता गठबन्धनले धाँधली र आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ ।

बाजुरामा एमाले कार्यकर्ता चेतन अएडीलाई घरमै सुतिरहेको अवस्थामा गठबन्धनका कार्यकर्ताले हत्या गरेको भन्दै एमालेले कारबाहीको माग गरेको छ ।

एमालेले दोलखा,स्याङ्जा,गोरखा लगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा गठबन्धनले कब्जामा लिएर सत्ताको आडयमा एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर