मतपेटिकाको सिल टुटफुट नभएको भए मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगको निर्देशन – Nepal Press

मतपेटिकाको सिल टुटफुट नभएको भए मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगको निर्देशन

एकभन्दा बढी मतदान केन्द्र भएको वडाको मतगणना गर्दा मिसाएर गर्दा कुनै बाधा नपर्ने

काठमाडौं । निर्वाचन आयोगले मतपेटिकाको सिल टुटफुट नभएको भए तत्काल मतगणना कार्य सुरु गर्न निर्देशन दिएको छ । आयोगले सोमबार मतगणना सुरु नभएका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

आयोगले गरेको पत्राचारमा भनिएको छ, ‘मतपेटिकाका सुरक्षण सिल सामान्य टुटफुट भएको तर, मतपत्र खसाल्ने बिर्कोमा लगाइएको सुरक्षणसिल टुटफट नभएको तथा मतपेटिका बन्द नै रहेको भए मतगणना कार्य प्रारम्भ गर्ने ।’

यस्तै आयोगले एउटै मात्र मतदानस्थल भएको वडाको हकमा वडागत रुपमा मतगणना गर्न नमिल्ने जनाएको छ । यद्यपी एउटा वडामा एक भन्दा बढी मतदान स्थल भएमा भने ति मतदान स्थलका मतपेटिकामा भएका मतपत्र मिसाएर वडागत रुपमा गणना गर्न कुनै बाधा नपर्ने जनाएको छ ।

यस्तै आयोगले गरेको पत्राचारको दोस्रो बुदाँमा भनेको छ, ‘एउटा मात्र मतदान स्थल भएको वडाको हकमा वडागत रुपमा मतगणना गर्न नमिल्ने तर, एउटा वडामा एक भन्दा बढी मतदान स्थल भएमा ती मतदान स्थलका मतपेटिकामा भएका मतपत्र मिसाई वडागत रुपमा गणना गर्न कुनै बाधा नपर्ने ।’

कतिपय मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट मटपेटिका तथा सुरक्षासिल सामान्य टुठटफुट भएको र मतदान भएको मतपत्र वडागत रुपमा गणना गर्न मिल्ने वा नमिल्ने हो भन्दै आयोगलाई पत्र आएपछि आयोगले यस्तो निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर