चितवन २ : सुरुआति गणनामा यसकारण पछि परे रवि – Nepal Press

चितवन २ : सुरुआति गणनामा यसकारण पछि परे रवि

काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सुरुआति गणनामा भने तेस्रो स्थानमा छन् । तर, यसबाट रविका समर्थकहरू निराश भइहाल्नु पर्दैन ।

अहिलेसम्म ११२६ मतको गणना सकिँदा रविलाई ८७ मत मात्र आएको छ । पहिलो स्थानमा रहेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठको मत ३९७ छ ।

सुरुमा गणना भएको इच्छाकामना गाउँपालिका १ एमालेको पकड भएको क्षेत्र हो । चितवनको ग्रामीण क्षेत्रहरूमा रविको त्यति धेरै प्रभाव छैन ।

त्यहाँबाट शहरी भेगहरूमा मतगणना प्रवेश गर्दा उनको मत ह्वात्तै बढ्ने निश्चित छ ।

पछिल्लो माहोल र मत सर्भेक्षणहरुले रविले ठूलो अन्तरका साथ चुनाव जित्ने देखाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर