गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको क्षेत्रमा मतगणना सुरु – Nepal Press

गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको क्षेत्रमा मतगणना सुरु

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झँक्रीको निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं २ को मतगणना सुरू भएको छ । इस्मा गाउँपालिका १ अन्तर्गत हिमालय मावि केन्द्रवाट मतगणना गर्न सुरू गरिएको निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिए ।

यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेबाट गोकर्णराज बिष्ट चुनाबी प्रतिस्पर्धामा छन् । सर्वदलीय बैठक बस्न ढिलाई भएका कारण मतगणना गर्न ढिलाई भएको हो । यो क्षेत्रमा १ लाख ४ हजार ३ सय २७ मतदातामध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर