म्यान युनाइटेडसँग चिसिएको सम्बन्धबारे रोनाल्डोको प्रस्टोक्ती- म आफुलाई मन लाग्दा बोल्छु   – Nepal Press

म्यान युनाइटेडसँग चिसिएको सम्बन्धबारे रोनाल्डोको प्रस्टोक्ती- म आफुलाई मन लाग्दा बोल्छु  

दोहा। पायर्स मोर्गनसँगको अन्तर्वार्तापछि विवादको उत्कर्षमा पुगेका पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले आफु कतार विश्वकपका लागि तयार रहेको बताएका छन्।

विश्वकपमा सहभागी हुन आउनुअघि रोनाल्डोले मोर्गनलाई दिएको अन्तवार्तामा आफुलाई म्यानचेस्टर युनाइटेडलाई धोका दिएको र क्लबबाट निकाल्न प्रशिक्षक एरिक टान हागसहितका मान्छे लागेको बताएका थिए।

अन्य थुप्रै विषयमा म्यान युनाइटेडको आलोचना गरेका ३७ वर्षीय रोनाल्डोलाई अब क्लबबाट खेल्न दिन नहुने विचार व्यक्त गरिरहेको छ। रोनाल्डो स्वयंमले आफु म्यान युनाइटेडमा नफर्कने निश्कर्षपछि यो अन्तर्वार्ता दिएको हुन सक्ने अनुमान भइरहेको छ। विश्वकपमा पोर्चुगलको खेलअघि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्ना पछिल्लो वक्तव्यले राष्ट्रिय टोलीमा कुनै असर नपर्ने बताएका छन्।

‘मेरो लाइफमा बेस्ट टाइमिङ भनेकै मेरो टाइमिङ हो’, रोनाल्डोले भनेका छन्,’अरु मानिसले के सोच्छन् भनेर मैले विचार गरिरहन पर्दैन। म आफुलाई मन लागेका बेला बोल्छु। मेरा टिमका सदस्यहरु मलाई राम्रोसँग चिन्छन्।’ गत विहीबार लिस्वनमा नाइजेरियाविरुद्ध भएको मैत्रिपूर्ण खेलमा पेटको समस्याका कारण रोनाल्डोले खेलेका थिएनन्। शुक्रबार टोली कतारमा आएपछि रोनाल्डो नियमित प्रशिक्षणमा सहभागी छन्।

समूह एमा रहेको पोर्चुगलले पहिलो चरणमा घाना, उरुग्वे र दक्षिण कोरियासँग खेल्ने छ। रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। सन् २०१६ मा युरोकप जितेका उनले विश्वकप जित्न भने सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर