ललितपुरका तीनवटै क्षेत्रमा एमाले उम्मेदवारको सुरुवाति अग्रता – Nepal Press

ललितपुरका तीनवटै क्षेत्रमा एमाले उम्मेदवारको सुरुवाति अग्रता

दुई क्षेत्रमा गठबन्धन तेस्रो,लौरो र घण्टीले एमालेलाई पछ्याउँदै

काठमाडौं । ललितपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले सुरूवाति अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा नवराज सिलवाल,२ मा प्रेम महर्जन र ३ मा अमृत खड्का तीनैजना एमालेका उम्मेदवार अगाडि छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरूवाति अग्रता लिएका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारलाई हाम्रो नेपाली पार्टीका लौरो उम्मेदवारले पछ्याइरहेका छन् भने क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले अग्रता लिँदा घण्टीकी उम्मेदवार डा.तोसिमा कार्की दोस्रो स्थानमा छिन् ।

सो क्षेत्रमा विहान साढे ८ बजेसम्मको गणना अनुसार एमालेका खड्काको ४९७ र घण्टीकी तोसिमाको २८६ मत छ भने माओवादी केन्द्रकी पम्फा भुसालको १०३ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर