शंशाक कोइराला र विनोद चौधरीले किन गरेनन् मतदान ? – Nepal Press

शंशाक कोइराला र विनोद चौधरीले किन गरेनन् मतदान ?

रुपन्देही । आइतबार भएको निर्वाचनमा नवलपरासीमा रहेका नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले मतदान गरेनन् ।

यसअघि पूर्वनवलपरासीबाट तीनपटक लगातार निर्वाचन जितेका नेता शशांक कोइराला अहिले पनि सोही क्षेत्रमा उम्मेदार छन् तर मतदाता नामावलीमा उनको नाम काठमाडौं रहेको छ । निर्वाचन क्षेत्रमा खटिएका उनी मत दिन नगएका हुन् ।

पूर्वीनवलपरासीबाट अहिले पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरीले पनि आफ्नो निर्वाचन क्षेत्र छाडेनन् । उनी अहिले रहेको क्षेत्रबाट करिब ५० किलोमिटरको दुरीमा पूर्वीनवलपरासीको देबचुली नगरपालिका वडा नं २ मा उनको नामावली रहेपनि मतदान गर्न गएनन् ।

उनीहरु दुवैले मतदान नगरेको कारण बाहिर नआएपनि निर्वाचन क्षेत्र छोडेर जान नचाहेकै कारण यस्तो भएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर