विश्वकप फुटबलकाे भव्य उद्घाटन (तस्बिरहरू) – Nepal Press

विश्वकप फुटबलकाे भव्य उद्घाटन (तस्बिरहरू)

काठमाडौं । कतार विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारस्थित अल बायत स्टेडियममा आज साँझ कतारी संस्कृतिसहितको प्रस्तुती गरिँदै उद्घाटन गरिएको हो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गर्दै कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गरेका थिए ।

त्यसअघि, हलिवुडका कलाकार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यताबारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए ।

विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ ।
यो फुटबल विश्वकप पहिलो पटक मध्यपूर्वले आयोजना गरेको हो। कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् । आज पहिलो खेल आयोजक राष्ट्र कतार र इक्वेडरबीच हुनेछ । खेल नेपाली समयअनुसार ९:४५ बजे सुरू हुनेछ ।

 


प्रतिक्रिया

One thought on “विश्वकप फुटबलकाे भव्य उद्घाटन (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर