रुपन्देहीका ५ क्षेत्रमा आजैबाट मतगणना गर्ने तयारी – Nepal Press

रुपन्देहीका ५ क्षेत्रमा आजैबाट मतगणना गर्ने तयारी

रुपन्देही । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ स्थानमै अलग अलग मतगणना गरिने भएको छ । यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम भैरहवामा गरिँदै आएको थियो ।

निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा, ४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा हुनेछ ।

अहिले मतपेटिकाहरू मतगणना स्थलमा पुर्‍याउने काम भइरहेको र आज रातिबाटै मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको प्रारम्भिक आंकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर