स्थगित भएका १५ ठाउँमा दुई दिनभित्र पुनः मतदानको व्यवस्था मिलाउन निर्देशन – Nepal Press

स्थगित भएका १५ ठाउँमा दुई दिनभित्र पुनः मतदानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थगित भएका ठाउँमा दुई दिनभित्र पुनः मतदानको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

१५ स्थानमा मतदान स्थगित भएकोमा आयोगले आवश्यक तयारी गरेर दुई दिन भित्रमा पुनः मतदान गर्ने निर्णय गरिसक्न उपयुक्त व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

मुलुकभरका १५ वटा मतदान केन्द्रको मतदान स्थगित भएका आयोगले जनाएको छ । आयोगका अनुसार सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर