मतदानको समय सकियो – Nepal Press

मतदानको समय सकियो

काठमाडौं । मतदानको घोषित समय सकिएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकेको थियो । त्यसै अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।

मतदानको समय सकिएको भए पनि मतदानका लागि लाइनमा लागेका र मतदान स्थलमा पुगेका व्यक्तिले रातिसम्म पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । तोकिएको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान जारी रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ । बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्द्र, आन्तरिक विवादले केही बेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेससँग बताए । उनका अनुसार मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणना स्थलसम्म लगिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर