कतारको आलोचना गरेकामा युरोपलाई पाखन्डी भन्दै फिफा अध्यक्षले भने- विगतको अपराध भुलेर प्रश्न नगर्नुस् – Nepal Press

कतारको आलोचना गरेकामा युरोपलाई पाखन्डी भन्दै फिफा अध्यक्षले भने- विगतको अपराध भुलेर प्रश्न नगर्नुस्

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिमी मुलुकहरुलाई अन्य राष्ट्रहरु नैतिक पाठ दिने स्थितीमा नभएको भन्दै ‘पाखण्ड’ को आरोप लगाएका छन् ।

उन्ले कतारमा विश्वकप सुरुहुनु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै युरोपेली राष्ट्रहरुले प्रतियोगिताका बारेमा कतारमाथी औंला उठाउनु अघि आफ्ना विगतका अपराधहरुलाई सम्बोधन गर्नुपर्ने बताए।

‘म युरोपेली नागरिक हुँ । हामी युरोपेलीहरुले विगत ३ हजार वर्षमा संसारभर के गरिरहेका छौं, हामीले मानिसहरुलाई नैतिक पाठ दिन सुरु गुर्न अघि अर्को ३ हजार वर्षसम्म माफि माग्नुपर्छ’, उनले भने ।

कतारले सन् २०१०मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । आप्रवाशी कामदार र मानव अधिकार सम्बन्धी विश्वव्यापी मान्यताको तिव्र उल्लंघन गरेको भन्दै कतारको ब्यापक आलोचना हुने गरेको छ।

इटालीका आप्रवासी कामदारका छोरा इन्फाटिनोले मध्यपूर्वी देशले आप्रवाशी कामदारहरुको अधिकार सुधारमा प्रगती गरेको बताए ।  ‘म यहाँ ६ वर्ष अगाडी आएको थिए र पहिलो भेटमै आप्रवाशी कामदारको मुद्दालाई सम्वोधन गरेको थिएँ,’ उनले भने, ‘  ‘कतार र यस क्षेत्रका अन्य देशहरुबाट प्रत्ये‍क वर्ष करोडौं करोड कमाउने युरोपेली वा पश्चिमा व्यापारिक कम्पनीहरुमध्ये कतिले आप्रवाशी कामदारहरुको अधिकारलाई सम्बन्धीत निकायमा सम्बोधन गरेका छन्? ’

इन्फान्टिनोले अगाडि भनेका छन्, ‘म तपाई हरुलाई उत्तर दिन्छु कसैले पनि गरेनन् । फिफf प्रमुखले भने,‘एकतर्फी नैतिक पाठ केवल कपट हो।’

उनले खाडी मुलुकले खेलको तयारीका लागि प्रभावशाली काम गरेको बताए । ‘दोहा तयार छ, कतार तयार छ र पक्कैपनि यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप हुनेछ,’ उनले भनेका छन्।

 


प्रतिक्रिया

One thought on “कतारको आलोचना गरेकामा युरोपलाई पाखन्डी भन्दै फिफा अध्यक्षले भने- विगतको अपराध भुलेर प्रश्न नगर्नुस्

  1. कतारलाई आयोजना गर्न नदिएर आफूले आयोजना गर्ने रणनीति फेल भएपछि कतारमाथि अनावश्यक लान्छना लगाएका हुन् यी पश्चिमा ठगहरूले । यी ठगहरू आफूलाई सुप्रिम ठान्दछन् । तर तिनै देशका एकजना सच्चा नागरिक फिफाको प्रमुख भएछन् । खुशी लाग्यो यिनको भनाइ सुनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर