जनतामा कम उत्साह देखिएकाे भन्दै स्वर्णिम वाग्लेले भने : सोझो गठजोडभन्दा फरक नतिजा आउनसक्छ – Nepal Press

जनतामा कम उत्साह देखिएकाे भन्दै स्वर्णिम वाग्लेले भने : सोझो गठजोडभन्दा फरक नतिजा आउनसक्छ

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले निर्वाचनमा जनतामा कम उत्साह देखिएको बताएका छन् ।

गोरखाको शहिद लखन गाउँपालिकास्थित रामेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेपछि सोझो गठजोडभन्दा फरक नतिजा आउनसक्ने आकलन गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएको छु । यसपटक जनतामा निकै कम उत्साह देखियो ।’

जनतामा देखिएको वितृष्णाले राजनीति सुधार्न वाध्य पार्ने नयाँ बिन्दुमा पुग्नसक्ने प्रक्षपण गरेको छन् ।

‘वितृष्णा छ । सोझो गठजोड भन्दा फरक नतिजा आउने आंकलन । राजनीति सुधार्न बाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि ?’ उनले लेखेका छन् ।

उनी कांग्रेसले यही निर्वाचनमा ल्याएको घोषणापत्र मस्यौदा उपसमितिका संयोजक थिए । उनलाई कांग्रेसले टिकट दिने चर्चा चलेपनि अन्तिममा पाएनन् । तर, उनले पछि एमालेले आफूलाई टिकटको प्रस्ताव गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर