सिन्धुपाल्चोकमा १ बजेसम्म ३४. ७२ प्रतिशत मतदान – Nepal Press

सिन्धुपाल्चोकमा १ बजेसम्म ३४. ७२ प्रतिशत मतदान

सिन्धुपाल्चोक। आज जारी मतदानका क्रममा सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्ममा ३४. ७२ प्रतिशत मत खसेको छ । दिउँसो सम्ममा ९०३८८ अर्थात ३४. ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए ।  उनका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए। ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।

दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर