हर्क साम्पाङको चेतावनी : गाडी रोकेर यात्रुलाई दिसा-पिसाब गराए एक लाखसम्म जरीवाना गराउँछु – Nepal Press

हर्क साम्पाङको चेतावनी : गाडी रोकेर यात्रुलाई दिसा-पिसाब गराए एक लाखसम्म जरीवाना गराउँछु

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सवारी साधनका यात्रुलाई बाटोमा दिशापिशाब गराइए कारवाही गर्ने चेतावनी दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सो चेतावनी दिएका हुन् ।

धरानदेखि भेडेटारको बीचमा गाडी रोकेर यात्रुलाई दिशापिसाब गराएको पाइएमो ‘दह्रो जरीवाना लगाउने’ साम्पाङले बताएका छन् ।

‘ख्याल राख्नु है एक लाख रुपैयाँ जरिवाना लगाइने छ,’ उनले लखेका छन ।

लामो यात्रामा हिँडेका यात्रुहरुका लागि सार्वजनिक शौचालयको समस्या रहँदै आएको छ । ठाउँ ठाउँमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरु एकान्त र खुल्ला ठाउँ खोजेर दिशापिशाब गर्न वाध्य छन् । साम्पाङलाई धेरैले यात्रुहरुलाई दिशापिशाब गर्न रोक्ने भन्दा बाटोमा सार्वजनिक शौचालय निर्माणमा ध्यान दिन सुझाएका छन् । यद्यपि, साम्पाङले उल्लेख गरेको धरान र भेडेटारको दूरी धेरै लामो छैन । भेडेटार यहाँको प्रमुख पर्यटकीय आकर्षणको केन्द्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर