पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न, छिटपूट घटनाबाहेक शान्तिपूर्ण भएको आयोगको दाबी (भिडिओ) – Nepal Press

पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न, छिटपूट घटनाबाहेक शान्तिपूर्ण भएको आयोगको दाबी (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन आज देशभर शान्तिपूर्णरुपमा भइरहेको छ । दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेलले छिटपुट घटनाबाहेक मतदान अहिलेसम्म शान्तिपूर्ण रहेको बताए । केही स्थानमा विभिन्न कारणले मतदान रोकिएर फेरि सुचारु भएको उनको भनाइ छ । सामान्य विवादमा मतदान स्थगित नगर्न र ५ बजेसम्म स्थगनको सूचना पनि जारी नगर्न आयोगले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर