सिरहामा जसपा र नेकपा एसका कार्यकर्ताबीच मतपेटिका खोसाखोस – Nepal Press

सिरहामा जसपा र नेकपा एसका कार्यकर्ताबीच मतपेटिका खोसाखोस

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-६ जनता माध्यमिक विद्यालय बडहरामाल मतदान केन्द्रमा झडप भएको छ ।

मतदान गर्ने व्यक्तिको औँलामा लगाइने संकेत (रंग) कुन ठाउँमा राख्ने विषयमा विवाद भएपछि जसपा र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । सो क्रममा प्रहरीले हवाई फायर गरेका छन् ।

सिरहाका एसपी अर्जुनप्रसाद तिमल्सिनाले रंग राख्ने विषयमा मतपेटिका तानातान भएपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जानकारी दिए ।

उनका अनुसार मतदान सुरू हुनुअगावै तनाव सृजना भएपछि प्रहरीले हवाइफायर गरेको थियो । १५ मिनेटमै मतदान सुरू भयो । अहिले मतदान जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर