मधेस : मतदानका लागि उत्साही मतदाता (तस्बिरहरु/भिडिओ) – Nepal Press

मधेस : मतदानका लागि उत्साही मतदाता (तस्बिरहरु/भिडिओ)

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मधेश प्रदेशका जिल्लाहरुमा उत्साहपूर्वक मतदान जारी छ ‌। शान्तपूर्ण वातावरणमा मतदाताहरु मतदान गरिरहेका छन् ।

धनुषा, महोत्तरी र सिरहालगायतका जिल्लामा विहान अत्यधिक कुहिरो लागेका कारण केहि मतदान केन्द्रमा आधा घण्टासम्म ढिलो मतदान सुरु भयो । मतदान केन्द्रमा महिला र पुरुषका लागि अलग अलग लाइनको व्यवस्था मिलाइएको छ ।

देशको भविष्य निर्धारण गर्ने चुनाव रहेकाले ईमानदार नेतालाई मतदान गरेको धनुषा, शहिदनगरका शैलेन्द्र चोरबारले बताए ।

मधेशमा प्रतिनिधि सभातर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र २९७ गरी ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभातर्फको ६४ सिटका लागि एक हजार ८ उम्मेदवार छन् । तीमध्ये विभिन्न दलबाट ४५६ र स्वतन्त्र ५५२ उम्मेदवार छन् ।

प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर