निरंकुशता सामना गर्नुपर्ने दिन अब फर्केर आउँदैन : माधव नेपाल (भिडिओ) – Nepal Press

निरंकुशता सामना गर्नुपर्ने दिन अब फर्केर आउँदैन : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैंलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताए ।

‘सत्ताको आडमा निरंकुश लादेर जनताले सामना गर्न पर्ने दिनहरू अब फर्केर आउँदैनन् । मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरू हामीले असफल पारिसकेका छौं ।’

आफ्नै जिल्लामा मतदाताको बीचमा मत खसाल्न पाउँदा खुसी लागेको बताए ।


प्रतिक्रिया

One thought on “निरंकुशता सामना गर्नुपर्ने दिन अब फर्केर आउँदैन : माधव नेपाल (भिडिओ)

  1. राजनिति को नाम को पशु हो माकुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर