७० प्रतिशतभन्दा बढी मत खस्छ : थपलिया (भिडिओ) – Nepal Press

७० प्रतिशतभन्दा बढी मत खस्छ : थपलिया (भिडिओ)

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए । देशैभर मतदान सुरू भइसकेको जानकारी दिँदै विवेकताका साथ मताधिकार गर्न उनले आग्रह गरे ।

उनले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल पनि गरे ।

‘हामीले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट गरिरहेका छौं । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास छ ।’

निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरू हुने पनि र मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सक्ने थपलियाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर