मकवानपुरमा पुरा भयो निर्वाचन तयारी, हेटौँडामा निर्माण भयो मतगणना स्थल – Nepal Press

मकवानपुरमा पुरा भयो निर्वाचन तयारी, हेटौँडामा निर्माण भयो मतगणना स्थल

हेटौडा । भोलि हुने आमनिर्वाचन–२०७९ को मतगणना हेटौँडाको सिद्धार्थ माविमा हुने भएको छ । सिद्धार्थ माविमा मतगणना स्थल निर्माण करिब सम्पन्न भएको छ ।

मकवानपुरको क्षेत्र नम्बर १ र २ को सबै बुथबाट हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा मतपेटिका ल्याइएपछि मंसिर ५ बिहान १० गतेबाट मतगणना सुरु गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।

मकवानपुरको निर्वाचन तयारी पूरा भएको बताउँदै निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि सबै तयारी गरिएको उनको भनाई छ ।

मकवानपुरमा यो पटक १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको निर्वाचन आयोग बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए । आमनिर्वाचनमा मकवानपुर जिल्लामा ३ लाख ७ हजार ३३ मतदाता सहभागी बन्दै छन् ।

प्रत्यक्षतर्फ २ संघीय क्षेत्र र प्रदेशतर्फ ४ क्षेत्र रहेको जिल्लाको निर्वाचनमा ३ लाख ७ हजार ३३ जना मतदाता सहभागी हुन लागेका हुन् ।

निर्वाचनमा १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी तीन लाख ७३३ मतदाता सहभागी हुन लागेका हुन् ।

जसमा १ नम्बर क्षेत्रको १ क मा ७७ हजार ९८९ जना र ख मा ७२ हजार १६६ जना मतदाता रहेका छन् भने २ को क मा ८३ हजार ०९९ जना र ख ६७ हजार ४७९ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर