विदेशमा रहेका मतदाताका गुनासो: सरकारले हामीलाई मताधिकारबाट बञ्चित बनायो – Nepal Press

विदेशमा रहेका मतदाताका गुनासो: सरकारले हामीलाई मताधिकारबाट बञ्चित बनायो

काठमाडौं । आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विदेशमा रहेकाहरुले आफ्नो मताधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्।

विदेशमा रहेकाहरुलाई पनि मतदानमा सहभागी गराउने चर्चा चलेपनि लागू नभएपछि आफूहरु मतदानबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन्।

देशलाई आर्थिक सम्पन्नताका लागि पहल गर्ने नेपालीलाई मताधिकार नदिने सरकार र निर्वाचन आयोगको प्रवृत्तिले दुखी तुल्याएको एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले बताए।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७५ सालमै सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि पनि मतदानको व्यवस्था गर्न भन्दै गरेको निर्देशनात्मक आदेश लागू गर्न निर्वाचन आयोग तयार नहुँदा हामी मताधिकारबाट बञ्चित भएका छौँ। निर्वाचनमा ठूलो प्रभाव पार्न सक्ने मतदतालाई मौन बसाएर हामीले पठाएको रेमिट्यान्स मात्र चलाउने शैलीप्रति दुःखी छौँ।’

उनले यसपटक निर्वाचित भएर आएका प्रतिनिधिले अर्को निर्वाचनमा विदेशमा रहेका मतदातालाई पनि मताधिकार प्रयोगको सुनिश्चितता गराउने माग समेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर