प्रदेशमा धेरै निर्वाचन क्षेत्र भएको रुपन्देहीमा यस्तो छ चुनावी तयारी – Nepal Press

प्रदेशमा धेरै निर्वाचन क्षेत्र भएको रुपन्देहीमा यस्तो छ चुनावी तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ प्रतिनिधि सभा तथा १० प्रतिनिधि सभाका क्षेत्रमा आइतबार हुने निर्वाचनका लागि ६ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लाभर रहेका २ सय ८ मतदानस्थलमा ७ सय २ मतदान केन्द्र रहेका छन् भने ५ वटा अस्थायी मतदान केन्द्र रहेका छन् । ती मध्ये १० मतदान केन्द्र अपाङ्गतामैत्री छन् ।

आइतबारको निर्वाचनका लागि रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ २१ जना र प्रदेशसभा १ मा ११ तथा २ मा १४ जना उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन् । ती मध्ये क्षेत्र नम्बर १(१)मा ७२ हजार दुई सय ११ र १(२)मा ६७ हजार तीन सय ४९ मतदाता छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा १ मा १२ र २ मा ११ जना उम्मेदवार रहेका छन् । यहाँ १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन् । रुपन्देही २(१)मा ६३ हजार ५ सय ३ र रुपन्देही २(२)मा ६३ हजार ३ सय ३ मतदाता छन् ।
रुपन्देही–३ मा रुपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवार छन् । प्रदेश सभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् ।

यहाँ १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेका छन् । रुपन्देही ३(१)मा ६५ हजार ५ सय १३ र रुपन्देही ३(२)मा ६७ हजार २ सय ७८ मतदाता छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ मा रुपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवार छन् । प्रदेश सभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । यहाँ १ लाख १० हजार ६ सय ५९ मतदाता छन् । रुपन्देही ४(१)मा ५३ हजार ३ सय ८९ र रुपन्देही–४(२)मा ५७ हजार २ सय ७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देही–५ मा प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा १ मा १३ र २ मा १४ जना उम्मेदवार रहेका छन् । यहाँ १ लाख २९ हजार १ सय ३५ मतदाता रहेका छन् । रुपन्देही ५(१)मा ७४ हजार ६ सय ५९ र रुपन्देही– ५(२)मा ५४ हजार ४ सय ७६ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर