‘नम्बरी सुन’मा नम्रता अनुबन्धित, आमेशसँग बाँधिनेछ जोडी – Nepal Press

‘नम्बरी सुन’मा नम्रता अनुबन्धित, आमेशसँग बाँधिनेछ जोडी

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि सिनेमा साइन गरेको बताउँछिन् ।

आमेश र नम्रताका अलवा राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने सिनेमाका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए ।

केही दिनमा सिनेमाको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए ।

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको सिनेमामा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । लमजुङ, हेटौंडा र काठमाडौँमा सिनेमाको छायांकन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *