मदिरासहितको गाडी स्थानीयको कब्जामा, शुद्धोधनका वडा सदस्यले बाँड्न लगेको आरोप (भिडिओ) – Nepal Press

मदिरासहितको गाडी स्थानीयको कब्जामा, शुद्धोधनका वडा सदस्यले बाँड्न लगेको आरोप (भिडिओ)

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने शुद्धोदन–१ बलेवामा स्थानीयले शुक्रवार मदिरासहितको गाडी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जीवन लामिछानेले बताए ।

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरूलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धान गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्‍याउने भनेर गाडीलाई घटनास्थलमै छाडिएको लामिछानेले बताए ।

स्थानीय शुद्धोदन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताए ।

लोनिया नेपाली काँग्रेसकोतर्फबाट गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्यक्षदर्शी एक युवाले बताए ।

गाडीको अगाडि पछाडि दुवैतर्फको नम्बर प्लेट समेट राम्रोसँग नबुझिने अवस्थामा भेटिएको स्थानीय विजय थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर