गण्डकीका अर्थमन्त्रीलाई युवासंघको अवरोध, मौन अवधिमा भोट माग्न हिँडेको आरोप – Nepal Press

गण्डकीका अर्थमन्त्रीलाई युवासंघको अवरोध, मौन अवधिमा भोट माग्न हिँडेको आरोप

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रबाट कास्की ३ का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ युवासंघका कार्यकर्ताले अवरोध गरेका छन् ।

माैन अवधिमा भोट माग्न हिँडेकाे भन्दै राष्ट्रिय युवा संघका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा खटिएका कार्यकर्ताहरुले अवरोध गरेका हुन् ।

उनलाई अन्नपूर्ण गाउँपालिका-१ भीरमुनिमा अवरोध गरिएकाे हाे ।

घरदैलो र मतदाता प्रलोभन गर्न आएको सूचना पाएपछि पछ्याएर आफूहरूले प्रहरीलाई जिम्मा लगाएको एमाले अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर