ज्ञानेन्द्र र आसिफले जस्तै शीर्ष क्रमका ब्याटरले जिम्मेवारी लिएर खेले राम्रो हुन्छः कप्तान रोहित – Nepal Press

ज्ञानेन्द्र र आसिफले जस्तै शीर्ष क्रमका ब्याटरले जिम्मेवारी लिएर खेले राम्रो हुन्छः कप्तान रोहित

काठमाडौं । युनाईटेड अरब इमिरेट्स(यूएई)लाई एकदिवसीय श्रृङखलामा पराजित गरेपछि नेपालका कप्तान रोहित पौडेलले आजको खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले जसरी शीर्ष क्रमका ब्याटरले राम्रो सुरुआत गर्न सके नेपालको ब्याटिङ राम्रो हुने बताएका छन् ।

खेलपछि बोल्दै उनले भने, ‘शीर्ष क्रमका ब्याटरले जिम्मेवारी लिएर खेल्न सके सँधै नेपालको ब्याटिङ राम्रो हुन्छ । आज जसरी ज्ञानेन्द्र दाई र आसिफले खेल्नुभयो त्यसरी खेले अरुको अत्माविश्वास बढ्छ र सजिलो हुन्छ ।’

बलात्कारको आरोप लागेर सन्दीप लामिछाने बर्खास्त भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितले पाएका छन् । उनको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय श्रृङखला जितेको हो । यसअघि नेपालको ब्याटिङ लाइनमा उत्कृष्ट मानिएका रोहितले यो श्रृङखलामा भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान भएपछि खेलमा प्रेसर बढेको हो की ? भन्ने प्रश्नलाई उनले प्रतिउत्तर दिँदै भने, ‘आफू कप्तान भएपछि पहिलो जितमा धेरै खुशी छु । जिम्मेवारी फरक भएको हो, तर मलाई खेल्न कुनै प्रेसर भने भएको छैन ।’

डिसेम्बर २ देखि नामिबियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय श्रृंखलाको तयारी स्वरुप नेपालले यूएईसँग तीन खेलको सिरिज खेलेको हो ।

श्रृङखला जितेपनि सँधै ब्याटिङमा संघर्ष गर्ने नेपाली टिमले अन्तिम खेलबाहेक पहिलो र दोस्रोमा पनि त्यही क्रमलाई निरन्तरता दिएको छ । यस श्रृङखलाबाट हरिशंखर शाह र अर्जुन शाउदले राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन् ।

पहिलो खेल ८४ रनले हारेको नेपालले दास्रो ३ विकेटले जितेको थियो । तेस्रो खेलमा ६ विकेटको जित निकाल्दै नपालले यूएर्यसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङखला २-१ ले जितेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर