गृह मन्त्रालयको चेतावनी- निर्वाचन बिथोल्न खोज्नेहरू सूक्ष्म निगरानीमा छन्, चुप बस्दैनौँ (भिडिओ) – Nepal Press

गृह मन्त्रालयको चेतावनी- निर्वाचन बिथोल्न खोज्नेहरू सूक्ष्म निगरानीमा छन्, चुप बस्दैनौँ (भिडिओ)

काठमाडौं । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बिथोल्ने गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

निर्वाचन सुरक्षाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानूनी दायरामा ल्याउने बताए।

उनले भने, ‘कतिपयलाई अहिले हामीले नियन्त्रणमा लिएका छौँ। कुनै पनि किसिमले मतदानलाई असर गर्ने कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरालाई सह्य हुँदैन। त्यसलाई हामीले कडा रूपमा नियन्त्रणमा राख्छौँ।’

उनले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई नजिकबाट हेरिरहेको बताए। उनले भने, ‘सम्भावित व्यक्ति र समूहलाई लिस्टमा राखेर उनीहरूको गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेका छौँ। त्यस्तालाई नियन्त्रण गर्न हामी सक्षम छौँ। तल्लो तहसम्म हामीले निर्देशन दिइसकेका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर