मतदान नैसर्गिक अधिकार हो, निर्वाचनलाई सफल बनाउन जुटौं : दिनेश थपलिया (भिडिओ) – Nepal Press

मतदान नैसर्गिक अधिकार हो, निर्वाचनलाई सफल बनाउन जुटौं : दिनेश थपलिया (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानको महत्वलाई बुझेर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

मतदान सबै नागरिकको नैसर्गिक अधिकार भएकाले सक्रिय सहभागीता जनाउन आग्रह गरेका हुन् ।

‘मतदान सबै नागरिकको नैसर्गिक अधिकार हो भने मतदानमा सहभागी हुनु सबै मतदाताको कतव्र्य हो’, उनले शुक्रबार एक भिडियो सन्देशमार्फत् भनेका छन्, ‘आफ्नो अधिकारको सुनिश्चिताका लागि मतदानको महत्वलाई बुझेर मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूले रोजेको राजनीतिक दल वा उम्मेदवारको चिन्हमा मतदान गरी निर्वाचनलाई सफल बनाऊँ ।’

उनले आफूले रोजेको राजनीतिक दल वा उम्मेदवारको चिन्हमा मतदान गरी निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर