दीपक मनाङेलाई २५ हजार जरिवाना – Nepal Press

दीपक मनाङेलाई २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले  मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया

One thought on “दीपक मनाङेलाई २५ हजार जरिवाना

  1. आयोगले भन्नेलाई कारवाही गरेको त राम्रै हो । तर साच्चिकै रक्सीखुवाएर भोट किन्नेलाई आयोगले कसरी निगरानी गरेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर