१९ ओभर टिके यूएईका अन्तिम जोडी, १७ वर्षीय व्याट्सम्यानको साहसिक अर्धसतक – Nepal Press

१९ ओभर टिके यूएईका अन्तिम जोडी, १७ वर्षीय व्याट्सम्यानको साहसिक अर्धसतक

काठमाडौं। नेपालविरुद्ध जारी तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पहिला ब्याटिङ गरेको यूएई शुक्रबार कुनै समय एक सय रनभन्दा कममा अलआउट हुने सम्भावना बलियो देखिएको थियो।

यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन जोडेको थियो। त्यसैले यूएई डबल डिजिटमै अलआउट हुने अनुमान स्वभाविक थियो। तर हज्ररत बिलाल र आयान अफजल खानले शानदार प्रदर्शन गरे। उनीहरुले पालीमा बाँकी १८.५ ओभर खेल्न सके भने ८३ रनको साझेदारी गरे। आयानले ५४ र बिलालले २० रन बनाए।

अघिल्ला दुवै खेलमा शानदार बलिङ गरेका आयान यसपटक ब्याटिङमा चम्किएका हुन्। उनी केवल तेस्रो एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दैछन्।

उनले पहिलो खेलमा १० ओभरमा ४ मेडन खर्चदै १४ रन खर्चिएर ४ विकेट लिएका थिए। दोस्रो खेलमा उनले १० ओभरमा तीन मेडन राख्दै ३३ रन खर्चिएका थिए। तेस्रो खेलमा आयानले ६३ बलमा एक छक्का र ७ चौका प्रहार गरे भने हज्रतले ५४ बलमा एक छक्का प्रहार गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर