नेपालको उत्कृष्ट बलिङ, संकटमा यूएई – Nepal Press

नेपालको उत्कृष्ट बलिङ, संकटमा यूएई

काठमाडौं । एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गरेसँगै यूनाइटेड अरब इमिरेट्स (यूएई) संकटमा परेको छ ।

२९.२ ओभरमा सय रन पनि नबनाई ७ विकेट गुमाएको यूएईका लागि अलिसन शराफुले ३३ रन, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिएका छन् भने, सोमपाल कामी, ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर