यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट – Nepal Press

यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

काठमाडौं । एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

तीन ओभरको समाप्तीमा गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिँदै १६/३ को अवस्थामा पुर्याएका छन् ।

दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर बलिङमा आएका गुलसनले युएईका ओपनर मोहमद वासिमलाई विकेट किपर आसिफ शेखबाट बोल्ड आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

यस्तै सोमपालले २।५ ओभरमा वृत्य अरविन्दलाई बोल्ड आउट गरे । ३.१ ओभरमा कप्तान चुन्दनगापोयल रिजवालाई पभेलियन फर्काउँदै गुलसनले नेपाललाई तेस्रो सफलता दिलाए ।

आजको खेल जिते नेपालले यूएईविरूद्ध एकदिवसीय श्रृङखलाको उपाधि उचाल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर