जावलाखेलको शंकास्पद बस्तु बम नभएको पुष्टि – Nepal Press

जावलाखेलको शंकास्पद बस्तु बम नभएको पुष्टि

काठमाडौं । ललितपुरको जावलाखेलमा फेला परेको शंकास्पद बस्तु बम नभएको पुष्टि भएकाे छ । प्रेसरकुकुरमा राखिएको शंकास्पद बस्तु  बम नभएकाे  जिल्ला प्रहरी परिरस ललिपुरका प्रवक्ता एसपी सुधिर राज शाहीले नेपालप्रेसलाई बताए ।

निर्वाचन अवज्ञा गरौ भनेर लेखिएको पर्चा भेटिएको उनले बताए । उनका अनुसार प्रेसर कुकुरमा केही सामान राखिएको थियो । ८ बजेर ५० मिनेटमा  नक्कली बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ  आज बिहान जावलाखेलको गणेश चोक शंकास्पद बस्तु भेटिएको थियो ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले निर्वाचन अवज्ञा गर्ने घोषणा गरेका छन् ।तर, नेकपा बहमुतका संयोजक बाँस्तोलाले भने आफूहरुले यस्ता उच्छृङ्खल गतिविधि नगर्ने र नगरेको जिकिर गरे ।

उनले भने, ‘यस्ता गतिविधिमा हाम्रो पार्टीको कुनै संलग्नता हुदैन, हाम्रो पार्टीको निणर्य नै नगर्ने भन्ने छ । यो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेर हामीलाई दोष लगाउन खोजेको हुनसक्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर