एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल – Nepal Press

एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ ।

तीन खेलको श्रृखलामा पहिलो खेल ८४ रनले पाहुना टोलीलाई सुम्पिएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै श्रृखला एक एकको बराबरी गरेको थियो ।

आजको खेलमा जीत निकाल्ने टीमले श्रृखलाको उपाधी जित्नेछन् । नामिवियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप २ को तयारीको लागि आयोजना खेलमा नेपालले सोचेअनुसारको प्रदर्शन गर्न सकेको छैन ।

पहिलो खेलमा व्याटिङ नचलेको नेपालले दाेस्राे खेलमा पनि त्यही समस्या भाेगेकाे थियाे ।  उक्त खेलमा शीर्ष  ब्याटरहरुले दाेहाेराे अंकमा रन बनाउन नसकी आउट हुँदा तल्लाे  तहकाे ब्याटर आयुष  शेख र गुलशन झाले अर्धशतकीय साझेदारी  गर्दै नेपाललाई जित तर्फ डाेर्‍याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर