एक सय ३९ अन्तर्राष्ट्रिय गोल गरेका अर्जेन्टिनाका यी तीन स्ट्राइकर – Nepal Press

एक सय ३९ अन्तर्राष्ट्रिय गोल गरेका अर्जेन्टिनाका यी तीन स्ट्राइकर

काठमाडौं। कतार विश्वकपमा सहभागी हुने अर्जेन्टिनी टोलीमा रहेका खेलाडीमध्ये तीन जना दोहोरो अंकमा अन्तर्राष्ट्रिय गोल गरेका रहेका छन्। लियोनल मेस्सीले एक सय ६५ खेलमा ९१ गोल गरेका छन्।

यस्तै एन्जेल डी मारियाले एक सय २४ खेलमा २७ र लौतारो मार्टिनेजले ४० खेलमा २१ गोल गरेका छन्। यी तीन स्ट्राइकरको अन्तर्राष्ट्रिय गोल संख्या जोड्दा एक सय ३९ हुन्छ। मेस्सी अर्जेन्टिनी टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।

उनले यो सिजन क्लब फुटबलमा १९ खेलमा १२ गोल गरेका छन्। उनले लिग वानमा मात्र उनको ७ गोल र १० असिस्ट रहेको छ। सन् २०२२ मा मेस्सीले अर्जेन्टिनाका लागि ६ खेलमा १० गोल गरेका छन्।

डी मारियाले सन् २०२२ मा अर्जेन्टिनाका लागि ६ खेल खेल्दै ५ गोल गरेका छन्। उनले यो सिजन क्लब फुटबलमा १० खेलमा १ गोल गरेका छन्। मार्टिनेजले यो सिजन क्लबका लागि २१ खेल खेल्दै ८ गोल गरेका छन्।

तर यो वर्ष राष्ट्रिय टोलीका लागि ५ खेल खेल्दै ४ गोल गरेका छन्। अर्जेन्टिनी टोलीमा रहेकामध्ये पाउलो डिबालाले ३४ खेलमा ३, जोवाक्विन कोरियाले १९ खेलमा ४, निकोलास गोन्जालेजले २१ खेलमा ३ र जुलियान अल्भारेजले १२ खेलमा ३ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर