माओवादी केन्द्रद्वारा सर्लाहीका नेता यादव निष्कासित – Nepal Press

माओवादी केन्द्रद्वारा सर्लाहीका नेता यादव निष्कासित

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सर्लाहीका नेता तथा पूर्वसांसद शिव पुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

माओवादी मधेश प्रदेश ईन्चार्ज गणेश साहले पार्टीका प्रदेश सदस्य यादवलाई कारबाही गरेको विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिनिधिसभामा छोरी र प्रदेशसभामा भतिजा सहित अन्य सदस्यलाई बागी उम्मेदवार बनाएकाले उनलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरेको साहले बताए ।

पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको, पार्टीले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हालसम्म नदिनु भएकोले नेता यादवलाई कारबाही गरिएको माओवादी मधेश ईन्चार्ज साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेता यादवले छोरी मधुमाला कुमारीलाई सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर