कस्तो छ रोनाल्डो र मेस्सीलाई ओझेलमा पारिरहेका लेवान्डोस्की रहेको पोल्यान्ड – Nepal Press

कस्तो छ रोनाल्डो र मेस्सीलाई ओझेलमा पारिरहेका लेवान्डोस्की रहेको पोल्यान्ड

काठमाडाैं । पछिल्ला वर्षमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई ओझेलमा पारिरहेका खेलाडी हुन् रोबर्ट लेवान्डोस्की। बुन्डेस लिगा क्लब बायर्न म्युनिखका लागि शानदार प्रदर्शन गरेपछि लेवान्डोस्कीले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला दुईवटा संस्करण जितेका थिए।

यसै सिजन ला लिगा क्लब बार्सिलोनामा आबद्ध लेवान्डोस्कीले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले क्लबका लागि १९ खेलमा १८ गोल गरेका छन् जहाँ उनी १३ गोलसहित ला लिगाको सर्वाधिक गोलकर्ता रहेका छन् ।

लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डले कतार विश्वकप खेल्न लागेको भएपनि यो टोलीको चर्चा त्यति छैन । पोल्यान्डले आइतबारदेखि सुरु हुने विश्वकपको समूहगत चरणमा अर्जेन्टिना, मेक्सिको र साउदी अरबसँग खेल्दै छ। पोल्यान्डले सन् १९८६ पछि विश्वकपमा पहिलो चरण पार गर्न सकेको छैन ।

तर लेवान्डोस्कीका कारण पोल्यान्डमाथी बढी अपेक्षा रहेको छ। चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा भने पोल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो । टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् लेवान्डोस्की । उनि पोल्यान्डका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि रहेका छन् ।

पोल्यान्डको टोलीमा दोहोरो अंकमा अन्तर्राष्ट्रिय गोल गरेका चार जना खेलाडी छन् । मिडफिल्डर कामिल ग्रोसिस्कीले ८७ खेलमा १७ गोल तथा स्ट्राइकर अर्काडियुज मिलिकले ६४ खेलमा १६ गोल गरेका छन् । क्रिजटफ पियाटेकले पनि २५ खेलमा ११ गोल गरेका छन् । पोल्यान्डको टोलीमा युरोपका बार्सिलोना, युभेन्ट्स, नापोली, रोमासहित शीर्ष ५ लिग क्लबमा आबद्ध करिब एक दर्जन खेलाडि छन् ।

पोल्यान्ड अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो समय संघर्ष गरिरहेको छ। तीन हार र एक बराबरीसहित चार खेलको जितविहिन यात्रापछि पोल्यान्डले पछिल्ला लगातार दुई खेल जितेको छ । समान १-० गोलको नतिजामा। स्वयं लेवान्डोस्की पनि राष्ट्रिय टोलीमा संघर्षरत छन्। उनले पछिल्ला ६ खेलमा २ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर