रविको घोषणा- विदेशबाट फर्किनेलाई भीभीआइपी प्रमाणपत्र दिएर एयरपोर्टमै रिसिभ गर्नेछु (भिडिओ) – Nepal Press

रविको घोषणा- विदेशबाट फर्किनेलाई भीभीआइपी प्रमाणपत्र दिएर एयरपोर्टमै रिसिभ गर्नेछु (भिडिओ)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूले जितेमा विदेशबाट आउने नेपालीलाई त्रिभुवन विमानस्थलमै भीभीआइपी प्रमाणपत्र दिएर आफैंले स्वागत गर्ने बताएका छन् ।

अन्तिम चुनावी सभालाई बिहीबार नारायणी किनारामा सम्बोधन गर्दै लामिछानेले नेपालमै केही गर्छु भनेर फर्किंदा आफूमाथि अपमान, पीडा र खाल्डोमा हाल्ने हर्कतहरु भएको भन्दै विदेशमा बसेका नेपालीहरुलाई आफूले जस्तो अपमान भोग्न नदिने बताए ।

उनले भने, ‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ । हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउनेछौं । फर्किन पाउनुभएन भने त्यहीँबाट भोट हाल्ने व्यवस्था गरेरै छाड्नेछौं । नेपाल आउनुभयो भने एयरपोर्टमा यस्तो सम्मानपत्र दिनेछु, इज्जत र सम्मानका साथ भीभीआइपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा म आफैं रिसिभ गर्न आउनेछु ।’

उनले अब नेपालको अभियान सुरु गर्ने र चन्द्र सूर्य ब्राण्डलाई विश्वभर फैलाउने भन्दै भ्रष्टाचारीलाई ठाउँको ठाउँ ठेगान लगाउने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर