मौन अवधि अघि एमाले सिन्धुपाल्चोकको शक्ति प्रर्दशन – Nepal Press

मौन अवधि अघि एमाले सिन्धुपाल्चोकको शक्ति प्रर्दशन

सिन्धुपाल्चोक  । आज मध्यरातिदेखि सुरु हुने मौन अवधि अघि नेकपा एमाले सिन्धुपाल्चोकले प्रमुख बजार क्षेत्रमा आफ्नो शक्ति प्रर्दशन गरेको छ ।

प्रचारप्रसारको अन्तिम दिन जिल्लाका प्रमुख बजार क्षेत्रमा एमालेका उम्मेदवारसहित नेता कार्यकर्ताहरु जम्मा भएर एमालेलाई मतदान गर्न अपिल गर्दै बजार परिक्रमा गरेका थिए ।

क्षेत्र नम्बर १ को सुकुटे, बलेफी, खाडिचौर, लामोसाँघु, बाह्रविसे लगायतका क्षेत्रमा एमाले प्रतिनिधि सभा–१ का उम्मेदवार सरेश नेपाल, प्रदेश-१ का उम्मेदवार युद्धविक्रम तामाङ(डिबी) २ का होमनारयाण श्रेष्ठ लगायतका नेताहरुको सहभागीतामा घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो ।


बजार केन्द्रित कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, पोलिटब्यूरो सदस्य अरुण नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायत सयौं एमाले नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

हामीले गाउँ केन्द्रीय एकसरो कार्यक्रम सकेर आज बजार केन्द्रित कार्यक्रम सम्पन्न गरेका छौं, बजारबासीहरुको धेरै माया र सद्भाव पाएको छु, एमाले उम्मेदवार सरेश नेपालले भने, ‘गठबन्धनको बिचमा पनि आफुहरुको जितलाई अब कुनै पनि तागत ले रोक्न सक्दैन ।’

क्षेत्र नम्बर १ का प्रमुख बजारहरुमा स्थानीयले एमाले उम्मेदवारहरुलाई फूलमाला, अबिर र खादाले गर्दै जितको शुभकामना दिएका थिए । गाउँ गाउँमा एमालेको पक्षमा जनलहर सिर्जना भएको बताउँदै एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले दुवै क्षेत्रमा एमालेको पक्षमा राम्रो माहोल भएको बताए ।

क्षेत्र नम्बर-२ का पनि प्रमुख बजार क्षेत्रमा एमाले उम्मेदवार स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, प्रदेश १ का अमान सिंह तामाङ २ का अस्त पण्डितसहित एमाले नेता कार्यकर्ताहरुको सहभागीतामा बजार केन्द्रित घरदैलो कार्यक्रम सम्पन्न भएका छन् ।

मेलम्ची, चौतारालगायतका बजार क्षेत्रमा एमालेका उम्मेदवारसहित घरदैलो गरिएको थियो । क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शेरबहादुर तामाङले गाउँघरमा जस्तै बजार क्षेत्रमा पनि उमालेको पक्षमा जनलहर बढेको बताए । यो क्षेत्रमा फेरी पनि एमालेले नै जित्छ, तपाईंहरु ४ गतेसम्म चनाखो भएर बस्नुहोस् तामाङले कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर