ओनसरीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँमा प्रधानमन्त्री हुनसक्ने दृढता छ (भिडिओ) – Nepal Press

ओनसरीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँमा प्रधानमन्त्री हुनसक्ने दृढता छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं-२ की उम्मेदवार ओनसरी घर्ती मगरलाई आफूले सानैदेखि चिन्ने बताएका छन् ।

उनले सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता भएको बताए ।

प्रचण्डले भने, ‘कमरेड ओनसरीलाई भर्खरै युवा उमेरदेखि चिन्छु । उहाँलाई मैले अगाडि बढाउन पहल गरेको थिएँ । उहाँ सभामुख कसरी हुनुभयो भन्ने कुरा मैले भनिराख्नु परेन । काठमाडौं-२ ले उहाँजस्तो सक्षम नेता अबसरको रुपमा नै छ । उहाँले यहाँको विकास र समृद्धिमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मेरो विचारमा परिस्थिति मिल्दै गएमा महिला प्रधानमन्त्री हुनसक्ने दृढता त्याग भएकै नेता हो ।’

जनताको सार्वभौम संस्था पटक पटक ओलीले विघटन गरेको बताए । ओलीले नेतृत्वमा भ्रष्टाचार अत्याधिक भएको आरोप लगाए । ओलीको सिद्धान्त सबै असफल भइसकेकाले भोट माग्ने नैतिक अधिकार नभएको बताए ।

 


प्रतिक्रिया

One thought on “ओनसरीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँमा प्रधानमन्त्री हुनसक्ने दृढता छ (भिडिओ)

  1. प्रधानमन्त्री पनि कति बाँडेक‍ो ह‍ो ? पूरै देश गिज्याएर हाँसिरहेको छ । तैपनि मतलव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर